प्रकाशित : १५ माघ २०७७, बिहीबार १९:४७


विराटनगर, १५ माघ । नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूको महेन्द्र मोरङ क्याम्पस कमिटी गठन गरिएको छ ।
महेन्द्र मोरङ क्याम्पसमा आज आयोजित भेलाले जोसेफ घिमिरेको अध्यक्षमा क्याम्पस कमिटी गठन गरिएको हो । घिमिरेको अध्यक्षमा ७६ सदस्यीय कमिटी गठन गरिएको छ ।
अनेरास्ववियू केन्द्रीय कार्यालयका सदस्य भाष्कर खनाल र केन्द्रीय सचिवालय सदस्य गोकर्ण घिमिरेको उपस्थितिमा क्याम्पस कमिटी गठन गरिएको सहसंयोजक सनिम ठकुरीले बताउनुभयो ।