प्रकाशित : १५ माघ २०७७, बिहीबार १९:४४

विराटनगर, १५ माघ । नेकपा नेता तथा उपप्रधानमन्त्री ईश्वर पोख्रेलले हिम्मत भए चुनावमा आउन चेतावनी दिनु भएको छ । प्रचण्ड–माधव समूह प्रति लक्षित गर्दै उहाँले चुनावबाट भागेर कहीँ नपुगिने बताउनुभयो ।

सुनसरीको दुहबीमा ओली निकट कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले निर्वाचन अकाट्य सत्य भएकोले निर्वाचनबाटै आफ्नो हैसियत थाहा पाउन चेतावनी दिनुभयो ।

प्रचण्ड–नेपाल समूह चुनावबाट डराएको समेत उहाँले आरोप लगाउनुभयो । निर्वाचन लोकतन्त्रको अभिन्न पाटो रहेको जिकिर गर्दै पोख्रेलले भने ‘ताजा जनमतका लागि चुनावमा जाउन् भन्नु प्रधानमन्त्रीको प्रतिगामी कदम कहाँ हो र ? हिम्मत भए आउनुस् चुनाव लडौँ, जनमत बटुल्नुहोस् ।’

नेकपा भित्र बसेर कम्युनिस्ट सिद्धान्त बोकेका नेताहरू नै कम्युनिस्टलाई कमजोर बनाउन लागि परेको भन्दै आउँदो निर्वाचनले तिनलाई छिनोफानो गर्ने दाबी गर्नुभयोे ।

अनेक बहानामा प्रचण्ड नेपाल समूहले चुनावी तयारी गरिरहेको निर्वाचन आयोगलाई धम्क्याइरहेको उहाँले बताउनुभयो । निष्पक्ष चुनाव गराउने तयारीमा रहेको आयोगलाई प्रभावित बनाउन डेलिगेसन जानेदेखि विभिन्न दबाब दिइएको उहाँको भनाई छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३