प्रकाशित : १५ माघ २०७७, बिहीबार १९:४१

विराटनगर, १५ माघ । नेकपा दाहाल–नेपाल समूहका बरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री झलनाथ खनालले जनताको भविष्य सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने बताउनु भएको छ । नेपाली जनताको संघर्षले ल्याएको उपलव्धीलाई समाप्त पार्ने काम भएकाले सडक संघर्षमा आउनु परेको उहाँले बताउनुभयो ।

आज साँझ विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता खनालले नेपाली जनताको संघर्षले ल्याएको उपलब्धी समाप्त गर्न भष्मासुरहरु निस्किएको बताउनुभयो । उहाँले भन्नुभयोे,‘ कहिले महेन्द्र, कहिले ज्ञानेन्द्र र अहिले ओली भष्मासुर भएर निस्के ।’ उपलब्धी जोगाउन नेपाली जनता सडकमा आएको नेता खनालले बताउनुभयो । खनालले भन्नुभयोे,‘ नेपाली जनताले निर्माण गरेको संविधान केपी ओलीले विध्वंस गरे ।’ संसद पुर्नस्थापना अनिवार्य भएको उनको भनाई छ । संविधान बमोजिम संसद पुर्नस्थापना हुने खनालको जिकिर छ ।

नेता खनालले संविधानले मध्यावधि निर्वाचनको परिकल्पना नगरेको बताउनुभयो । उहाँले भन्नुभयोे,‘ नेपालमा मध्यावधि निर्वाचन हुँदैन, आवधिक मात्र हुन्छ ।’ नेकपालाई सुधृढ गर्दै समाजबादमा जाने उहाँले बताउनुभयो । खनालले भन्नुभयोे,‘ नेपालमा जनवादी क्रान्ति सकियो ।’

समाजबाद स्थापना गरे पछि पनि स्वतन्त्रता र सार्वभौमसत्ताका लागि लडिरहनु पर्ने उहाँको भनाई छ । दुई तिहाई बहुमत रहेकाले निर्वाचन आयोगले आफुलाई आधिकारिता दिने खनालको दावी छ । आयोगले आफ्नो काम गर्दे जान्छ, अहिलेको काम नै अन्तिम हैन उहाँले भन्नुभयोे । प्रदेशमा मुख्यमन्त्री विरुद्धको अविश्वास पारितका लागि लोकतन्त्र पक्षधरहरु एक हुने खनालले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३