प्रकाशित : १ माघ २०७७, बिहीबार ०८:२०

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले न माघी पर्वको अवसरमा आज शुभकामना सन्देश दिनु भएको छ ।

थारू समुदायको चाड माघी पर्व र मगर, छन्त्याल समुदाय लगायत अन्य समुदायहरूले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा उहाँले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना दिनुभएको हो ।

शदियौँदेखि एकताबद्ध हुँदै अन्य समुदाय पनि यस पर्वमा सरिक भइ आपसमा सदभाव साटासाट गर्ने हाम्रो समाजमा यस पर्वले एकताको सन्देश दिएको उहाँले बताउनु भएको छ ।

पर्वले सम्पूर्ण नेपालीहरू बीचमा बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुताको बृद्धि विकास हुँदै राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा थप उर्जा प्रदान होस भन्ने कामना गर्दै सबै नेपालीलाई मूलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय एकताका निमित्त एकताबद्ध भएर अघि बढ्न माघी पर्व तथा माघे संक्रान्तिबाट सबैमा प्रेरणा मिलोस् भनी प्रदेश प्रमुख अधिकारीले प्रदेशबासीमा कामना गर्नुभएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३