प्रकाशित : २९ पुष २०७७, बुधबार १८:२५

विराटनगर, २९ पुस । प्रदेश १ मा आज २५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा मोरंगमा १०, झापामा ५, सुनसरीमा २, भोजपुर, तेर्हथुम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा ४, ग्रामथानमा २, बुढीगंगा, पथरीशनिश्चरे, बेलबारी र सुन्दरहरैचामा १–१, झापाको बुद्धशान्तिमा २, गौरीगञ्ज, भद्रपुर र विर्तामोडमा १–१, सुनसरीको इटहरी र बराहक्षेत्रमा १–१, भोजपुरको भोजपुर नगरपालिका, तेर्हथुमको म्याङलुङ र पाँचथरको फिदिममा १–१ र प्रदेश १ बाहिरका ५ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमितको संख्या ३० हजार ४९ पुगेको छ ।

प्रदेश १ मा आज ३४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएकाहरु सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २९ हजार ३७२ पुगेको छ । प्रदेश १ मा आज ५७३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये ११ महिला र १४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख १३ हजार ४८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३