प्रकाशित : २९ पुष २०७७, बुधबार १८:२४

विराटनगर, २९ पुस । विराटनगरमा जारी अन्तर विद्यालय स्तरिय क्वीज प्रतियोगितामा ६ वटा विद्यालय सेमीफाईनलमा प्रवेश गरेका छन् ।

विराटनगर जुनियर जेसिजको आयोजनामा वीरेन्द्रसभा गृहमा जारी २५ औं अन्तर विद्यालय स्तरिय जेसिज टेष्टि टेष्टि क्वीज प्रतियोगितामा शहिद स्मृति इटहरी, सगरमाथा स्कुल विराटनगर, सन रे स्कुल रंगेली, मार्टस् स्कुल विराटनगर, वीकेभिएम र मोर्डनएरा स्कुल विराटनगर सेमीफाईनलमा प्रवेश गरेको जुनियर जेसिज बर्ष २०२० का अध्यक्ष अंकित थापाले बताउनुभयो । उहाँका अनुसार हिजो ६ वटा विद्यालय सेमीफाईनलमा प्रवेश गरेका छन् ।

आगामी माघ २ गते सम्म चल्ने प्रतियोगितामा मोरंग र सुनसरीका सामुदायिक र संस्थागत गरि २० वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको क्वीज मास्टरका रुपमा विराटनगर जुनियर जेसिजका संस्थापक अध्यक्ष डा.सन्देशदास श्रेष्ठ र पुर्वअध्यक्ष सन्दिपदास श्रेष्ठ रहनु भएको छ ।

अन्तर विद्यालय स्तरिय जेसिज टेष्टि टेष्टि क्वीज प्रतियोगिता २४ बर्षदेखि विराटनगर जुनियर जेसिजको आयोजनामा टेष्टि टेष्टि विस्कुटको प्रायोजनमा वीरेन्द्रसभा गृहमा सञ्चालन हुँदै आएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३