प्रकाशित : २८ पुष २०७७, मंगलवार १८:४०

विराटनगर, २८ पुस । सवारीचालक अनुमतिपत्रको परीक्षा गराउने जिम्मा निजि ट्रायल सेन्टरलाई दिएको भन्दै नेकपाको दाहाल नेपाल समूहको अनेरास्ववियूले प्रदेश १ को प्रदेश सभा सचिवालयको ध्यानाकर्षण गराउदै निर्णय खारेजीको माग गरेको छ ।

प्रदेश १ सरकारले पुस १५ गते निजि क्षेत्रका ट्रायल सेन्टरहरुको स्तर उन्नती गर्न निजि सेन्टरमा परीक्षा गराउने गरि मातहत निकायमा परिपत्र गरिएको भन्दै विद्यार्थी संगठनले विरोध गरेको हो ।प्रदेश सभा १ सचिवालयका सार्वजनिक लेखा समितिका सभापति शिवनारायण सिंह गनगाईलाई विद्यार्थी नेता ओसिम आलमको नेतृत्वमा गएको टोलीले निर्णय बदरको माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापन पत्रमा निजि ट्रायल सेन्टरबाट परीक्षा गराउने नाममा ट्रायल सेन्टरहरुमा सिन्डिकेट निर्माण हुने, सेन्टर बाट जारी हुने सर्टिफिकेट नभएकाले परीक्षामा सामेल हुन नपाउने साथै सेन्टरकै सवारीबाट ट्रायल दिनु पर्ने भएकोले यसको प्रत्यक्ष भार सेवाग्राहीमा पर्ने उल्लेख गरिएको छ । विद्यार्थीहरुले अदृश्य लाभ लिन योजनाबद्ध ढङ्गले प्रदेश सरकारले भ्रष्टाचारलाई बढावा दिने मनसायले यो निर्णय गरेको आरोप समेत लगाएका छन ।

ज्ञापन पत्रमार्फत प्रदेश सरकारले आफनो ब्यक्तिगत फाइदाका कारण आम नागरिकहरुले सहजै राज्यबाट प्राप्त गर्ने सेवालाई कुन्ठित बनाउने गरि मुख्यमन्त्री बाट गरिएको उक्त निर्णय बदर गराई सत्यतथ्य छनबिन गरि दोषी उपर कानुनी कार्वाहीको माग समेत गरिएको छ ।

उक्त ज्ञापनपत्र बुझदै सभापति सिंहले यस बिषयमा सत्यतथ्य कुराको पत्ता लगाई जनताले सहज रुपमा सेवा पाउने वातावरण निमार्ण गर्ने बिश्वास दिलाउनु भएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३