प्रकाशित : १३ पुष २०७७, सोमबार १९:०७

विराटनगर, १३ मंसिर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संविधानविपरीत संसद विघटन गरी संविधान र गणतन्त्रलाई धरापमा पार्न प्रधानमन्त्री केपी ओली जत्तिकै प्रचण्ड र माधव नेपाल पनि दोषी रहेको बताउनुभएको छ ।

आज विराटनगरमा आयोजित विरोधसभामा डा कोइरालाले ओली जत्तिकै प्रचण्ड र माधव नेपाल पनि दोषी रहेकाले कांग्रेसले ओलीको मात्रै नभई प्रचण्ड र माधव नेपालको पनि बिरोध गर्ने स्पष्ट पार्नुभयो । उहाँले कम्युनिष्टसँग कुनै पनि हालतमा सहकार्य नगर्ने बताउँदै तोकिएको समयमा निर्वाचन गराउन दबाब दिने उद्देश्यले कांग्रेसले सडक आन्दोलन थालेको स्पष्ट पार्नुभयो ।

ओलीको अनैतिक, गैरसंवैधानिक कदमको काँग्रेसले जहिल्यै भत्र्सना गर्ने भन्दै उहाँले ओली सरकारको कुनै पनि हालतमा मतियार नबन्ने प्रस्ट पार्नुभयो । त्यस्तै सर्वोच्चले संसद पुनस्थापनाको विपक्षमा निर्णय सुनाए वैशाखमा तोकिएको मितिमै निर्वाचन गराउन सरकारलाई सडकबाटै खबरदारी गरिरहने पनि कोइरालाले बताउनुभयो । निर्वाचन सुनिश्चित नभएसम्म सडक आन्दोलन जारी रहने कोइरालाको भनाइ छ । त्यस्तै केन्द्रीय सदस्य डा. डिला संग्रौलाले केपी ओली नेतृत्वको सरकारले जनताका काम गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले कोरोना महामारीमा जनताको उपचारमा बेवास्ता गरेको बताउनुभयो ।

विरोध सभामा प्रदेश नम्बर १ नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले विभिन्न आपराधिक गतिविधिमा सरकार नै संलग्न रहेको आरोप लगाउनुभयो । कार्यक्रममा राष्ट्रियसभाका सदस्य रमेशजंग रायमाझी, कांग्रेस क्षेत्रीय सभापति निरञ्जन रिजाललगायतले आन्दोलनबाटै संसद पुनस्थापना गरेरै छाड्ने उद्घोष गर्नुभयो । कांग्रेस क्षेत्र नम्बर ६ ले विराटनगरस्थित वीरेन्द्र सभागृहबाट विरोध र्याली निकालेको थियो ।

र्यालीले नगरका विभिन्न भागको परिक्रमा गरी विराटनगरस्थित जनआन्दोलन चोकमा पुगेर विरोधसभामा परिणत भएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३