प्रकाशित : ३० मंसिर २०७७, मंगलवार १८:०२

विराटनगर, ३० मंसिर । प्रदेश १ मा आज १०६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ३४, मोरंगमा २४, झापामा १९, ताप्लेजुङमा १३, इलाममा ४, पाँचथरमा २, उदयपुर र तेर्हथुममा १–१ र प्रदेश १ बाहिरका ८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको इटहरीमा १८, धरानमा १०, इनरुवा र बराहक्षेत्रमा २–२, रामधुनी र दुहवीमा १–१, मोरंगको विराटनगरमा १५, सुन्दरहरैचामा ४, बुढीगंगामा २, मिक्लाजुङ, पथरीशनिश्चरे र बेलबारीमा १–१ , झापाको दमकमा ४, मेचीनगरमा ३, बार्हदशी र भद्रपुरमा २–२, शिवसताक्षी, कनकाई, बुद्धशान्ति, गौरादह, विर्तामोड र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका २, ताप्लेजुङको फुङलिङमा १३, इलामको सन्दकपुरमा २, इलाम नगरपालिका र चुलाचुलीमा १–१, पाँचथरको फिदिममा र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगा र तेर्हथुमको आठराईमा १–१ र प्रदेश १ बाहिरका ८ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ८७ पुगेको छ । प्रदेश १ मा आज ७८ जना डिस्चार्ज भएका छन् ।

होमआईसोलेसनबाट ७२, मेची अस्पतालबाट ४ र विराट मेडिकल कलेजबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार ९१६ पुगेको छ । प्रदेश १ मा आज ६७४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये ३७ महिला र ६९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख १ हजार ९५६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३