प्रकाशित : २६ मंसिर २०७७, शुक्रबार १८:०८

विराटनगर, २६ मंसिर । मोरङको धनपालथानमा भएको बलात्कारको एउटा घटनालाई पाँच लाख रुपैयाँ दिने सर्तमा मिलापत्र गराउनेमध्येका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत भदौ २४ गते मोरङको धनपालथान गाँउपालिका–५ स्थित धान खेतमा पुर्याएर २१ वर्षीया युवतीमाथि बेलबारी नगरपालिका–८ का ३३ वर्षीय सुरेशकुमार खवासले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले घटनापछि मंसिर १९ गते घटनाका आरोपी सुरेशकुमारलाई रंगेली बजारबाट पक्राउ गरेको थियो । सोही घटनालाई लिएर पीडित पक्षलाई पाँच लाख रुपैयाँसहित मिलापत्र गराउने कार्यमा संलग्न छ जनालाई प्रहरीले हिजो साँझ पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा रंगेली नगरपालिका १ का ६७ वर्षीय जगत नारायण खवास, धनपालथान गाँउपालिकाका ५ का ६५ वर्षीय धनेशु खवास, ६२ वर्षीय मागन खवास र कलकनु खवास, ५३ वर्षीय सुधारसिंह खवास र बेलबारी नगरपालिका ८ का ५३ वर्षीय मथालु खवास रहेकाछन् । पक्राउ परेकाहरुले पीडित पक्षलाई गाँउमै पुगेर सो रकमको प्रलोभन दिएर मिलापत्रको कागज गराएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो । उनीहरुलाई मिलापत्रको कागजसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । तर मिलापत्र गराउने भूमिका खेलेका जनप्रतिनिधिहरु धनपालथान–५ की वडा सदस्य नेपालदेवी खवास र बेलबारी नगरपालिका–८ का वडा सदस्य प्रवीणकुमार खवास भने पक्राउ परेका छैनन् ।

उनीहरु फरार रहेकाले खोजी भइरहेको डीएसपी राईले बताउनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३