प्रकाशित : १८ मंसिर २०७७, बिहीबार १६:००


विराटनगर, १८ मंसिर । विराटनगर ३ को बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १ करोड ५८ लाखको कारोबार गरेको छ । गत आर्थिक बर्ष २०७६–७७ मा सहकारीले १ करोड ५८ लाख २३ हजार ७८४ रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ । सहकारीले गत आर्थिक बर्षमा ४८ लाख ७७ हजार खुद नाफा आर्जन गरेको छ ।
सहकारीको १२ औं स्थापना दिवस तथा बार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनमा संस्थाले लगानी वापत ११ लाख ७२ हजार ४ सय ९७ रुपैयाँ आम्दानी गरेको छ । बार्षिक साधारणसभामा अध्यक्ष राजेन्द्रप्रसाद खनालले २०६५ सालमा ६३ जना शेयर सदस्यले १२ लाख ६० हजार रुपैयाँ शेयर पुँजी उठाई शुरु गरेको सहकारीमा अहिले शेयर सदस्य ७३७ जना पुगेको र १ करोड ९३ लाख ५३ हजार २ सय शेयर पुँजी पुगेको जानकारी दिनुभयो । उहाँले निक्षेप बचत ८ करोड ५५ लाख १७ हजार ९८८ रुपैयाँ रहेको बताउनुभयो । अध्यक्ष खनालले आगामी दिनमा उत्पादनमुलक कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।
बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले व्यापार, पशुपालन, कृषि, वैदेशिक रोजगार, सवारी साधन खरिद, शैक्षिक कर्जा, जग्गा खरिद, घर निर्माण लगायतको क्षेत्रमा कर्जा प्रवाह गर्दै आएको लेखा समििित संयोजक अविनास निधिले बताउनुभयो ।
कार्यक्रममा १ नंं. प्रदेश सहकारी संघका अध्यक्ष डिल्ली पोखरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।