प्रकाशित : १६ मंसिर २०७७, मंगलवार १७:५५

विराटनगर, १६ मंसिर । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ६ करोड ३७ लाख नाघेको छ । आज साँझ सम्म विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ६ करोड ३७ लाख ७०३ पुगेको छ ।

अमेरिकामा १ करोड ३९ लाख २० हजार संक्रमित फेला परेका छन् । भारतमा ९४ लाख ६३ हजार बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ब्राजिलमा कोरोना संक्रमितको संख्या ६३ लाख ३६ हजार नाघेको छ भने रुसमा २३ लाख २२ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । विश्वभर अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १४ लाख ७६ हजार पुगेको छ । अमेरिकामा २ लाख ७४ हजार ३ सयकोे मृत्यु भएको छ ।

ब्राजिलमा मृत्यु हुनेको संख्या १ लाख ७३ हजार १ सय पुगेको छ । भारतमा १ लाख ३७ हजार ६ सय बढीले ज्यान गुमाएका छन् । विश्वभर ४ करोड ४१ लाख १० हजार संक्रमित निको भएका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३