प्रकाशित : १६ मंसिर २०७७, मंगलवार १७:५३

विराटनगर, १६ मंसिर । प्लाज्मा आदानप्रदानका लागि विराटनगर महानगरपालिकाले प्लाज्मा बैंक विराटनगर भन्ने एप्स सञ्चालनमा ल्याएको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले आफ्नो व्यक्तिगत विवरणसहित फोटो हालेर एप्सको शुभारम्भ गर्नुभयो ।

कोरोना संक्रमण भएर निको भएको दिनदेखि ३० दिनभित्र प्लाज्मा आदानप्रदान गर्न सकिने भएकाले दिने व्यक्तिले एप्समा आफ्नो नाम, फोन नम्बर र रगत समूह उल्लेख गर्नुपर्ने हुन्छ । संक्रमित भएर निको भएका व्यक्तिले रगत नदिएको हकमा मात्र यो लागू हुने र २२ दिनसम्म रगत नदिएको अवस्थामा महानगरपालिकाले बोलाएर रगत दिन इच्छुक व्यक्तिको रगत संकलन गरेर राखेमा २ महिनासम्म काम लाग्ने छ ।

प्लाज्मा दिने ब्यक्तिले रगत दिएको खण्डमा एप्समार्फत रगत दिएको जानकारी गराउनुपर्ने महानगरपालिकाले जनाएको छ । गुगल प्लेस्टोरमा गएर प्लाज्मा बैंक विराटनगर डाउनलोड गर्ने प्रमुख पराजुलीले आग्रह गर्नुभयोे ।

प्रमुख पराजुलीले कोरोना संक्रमित र अरु रोगका बिरामीहरुका लागि छिट्टै रक्तदान कार्यक्रम संचालन गर्ने बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३