प्रकाशित : १२ मंसिर २०७७, शुक्रबार १७:१०

विराटनगर, १२ मंसिर । नेपाल–भारत सीमा क्षेत्रबाट तस्करी गर्न नपाउँदा भारतीय नागरिकले विराटनगरमा प्रहरीमाथि हातपात र दुव्र्यवहार गरेका छन् । हातपात गर्ने दुई भारतीय नागरिकलाई इलाका प्रहरी कार्यालय रानीको टोलीले पक्राउ गरेको छ ।

हिजो साँझ पक्राउ पर्नेमा भारत अररीया जिल्ला जोगवनीका २७ वर्षीय जुवेर मन्सुरी र ३० वर्षीया अप्सना खातुन रहेका छन् । तस्करीको सामान कटाउन लाग्दा प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेपछि उनीहरुसहित केही व्यक्तिहरुले प्रहरीलाई हातपात र दुव्र्यवहार गर्दै आक्रमणको प्रयास गरेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिनु भयो ।

सीमा क्षेत्र अन्तर्गत विराटनगर महानगरपालिका–१७ मटेरुवामा ड्युटीमा रहेका प्रहरीलाई उनीहरुले दुरव्यवहार र हातपात गरेको थापाको भनाइ छ । उहाँका अनुसार तस्करीको सामान कटाउन नपाएपछि प्रहरीमाथि तस्करको समूह आइलागेको हो ।

तस्करी गर्न नपाउँदा तस्कर समूहले हातपात र लछारपछार गर्दा ड्युटीमा रहेका एक प्रहरी जवानको पोसाकसमेत च्यातिएको थापाले बताउनु भो । उहाँका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाउन आज म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको छ ।

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३