प्रकाशित : ११ मंसिर २०७७, बिहीबार १७:५५

विराटनगर, ११ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा चार जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । झापाका २ र मोरंगका २ जनाका कोरोना संक्रमणबाट मृत्यु भएको हो । मोरङको लेटाङका पुरुषको नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारका क्रममा र रतुवामाईका पुरुषको होम आइसोलेसनमा मृत्यु भएको हो ।

लेटाङ नगरपालिका–२ का ७० वर्षीय वृद्धको बिहीबार बिहान मृत्यु भएको हो । रतुवामाई नगरपालिका–८ का कोरोना संक्रमित ८० वर्षीय वृद्धको बुधबार राति होम आइसोलेसनमै मृत्यु भएको छ । उता झापाको विर्तामोडका एक जना र शिवसताक्षीका एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । विर्तामोड नगरपालिका–८ का ७२ वर्षीय र शिवसताक्षी ९ का ७२ पुरुषको मृत्यु भएको हो ।

विर्तामोडका बृद्धको मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका क्रममा आजर बिहान मृत्यु भएको हो । शिवसताक्षीका बृद्धको बिएण्डसी हस्पिटल बिर्तामोडमा गएराति मृत्यु भएको हो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३