प्रकाशित : १० मंसिर २०७७, बुधबार १७:३५

विराटनगर, १० मंसिर । विराटनगर–११ अलका टोलस्थित भद्राचोकमा १ करोड रुपैयाँको लागतमा ज्येष्ठ नागरिक सामुदायिक भवन निर्माण हुने भएको छ । स्थानीय समाजसेवी चिरञ्जीवी दाहाल र लक्ष्मीदेवी दाहालले निःशुल्क रुपमा उपलब्ध गराएको ८ धुर जग्गामा भवन निर्माण हुन लागेको हो ।

दाहाल दम्पत्तिले ५० लाख रुपैयाँ बराबरको जग्गा ज्येष्ठ नागरिक समाजका नाममा रजिष्ट्रेसन पास गरिसक्नुभएको छ ।

१ करोड रुपैयाँको लागतमा निर्माण हुने दुईतले पक्की सामुदायिक भवनको आज विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, उपप्रमुख इन्दिरा कार्की, विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने र जग्गादाता दाहाल दम्पत्तिले संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३