प्रकाशित : ८ मंसिर २०७७, सोमबार १७:५३

विराटनगर, ८ मंसिर । पछिल्लो २४ घण्टामा मोरंगमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र, विराट शिक्षण अस्पताल र म्याक्स अस्पतालमा एक/एक जना संक्रमितको मृत्यु भएको हो ।

कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा झापाको मेचीनगर नगरपालिका–४ की ८२ वर्षीया वृद्धा महिलाको सोमबार बिहान मृत्यु भएको छ । उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार पीसीआर परीक्षण गराउँदा वृद्धामा मंसिर ४ गते कोरोना पुष्टि भएको थियो । इलामको सूर्योदय नगरपालिका–१० का ५५ वर्षीय पुरुषको मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा गएराति मृत्यु भएको छ ।

अस्पतालको आइसोलेसन प्रमुख सुनिल देवका अनुसार पीसीआर रिपोर्ट पोजिटिभ आएपछि पुरुषलाई कात्तिक ३० गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा पुरुषको राति १०ः३० बजेतिर मृत्यु भएको देवको भनाइ छ । म्याक्स अस्पताल विराटनगरमा उदयपुरकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–३ की ३२ वर्षीया महिलाको हिजो साँझ ६ः३० बजेतिर मृत्यु भएको अस्पतालका सुपरभाइजर अमित मण्डलले जानकारी दिनुभयो । प्रदेश १ मा सोमबार सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४३ पुगेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३