प्रकाशित : १ मंसिर २०७७, सोमबार १८:२९

विराटनगर, १ मंसिर । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ५ करोड ४९ लाख नाघेको छ । आज साँझ सम्म विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ५ करोड ४९ लाख ३१ हजार ६१५ पुगेको छ । अमेरिकामा १ करोड १३ लाख ६७ हजार २ सय संक्रमित फेला परेका छन् ।

भारतमा ८८ लाख ४५ हजार ६ सय बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ब्राजिलमा कोरोना संक्रमितको संख्या ५८ लाख ६३ हजार नाघेको छ भने फ्रान्समा १९ लाख ८१ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् ।

विश्वभर अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १३ लाख २६ हजार पुगेको छ । अमेरिकामा २ लाख ५१ हजार ९ सयको मृत्यु भएको छ । ब्राजिलमा मृत्यु हुनेको संख्या १ लाख ६५ हजार ८ सय पुगेको छ । भारतमा १ लाख ३० हजार १ सय बढीले ज्यान गुमाएका छन् । विश्वभर ३ करोड ८२ लाख ११ हजार संक्रमित निको भएका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३