प्रकाशित : २४ कार्तिक २०७७, सोमबार १८:२८

विराटनगर, २४ कात्तिक । पछिल्लो २४ घण्टामा मोरंगमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नोबेल शिक्षण अस्पतालमा ३, विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा २, विराट मेडिकल कलेज र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा १–१ जनाको ज्यान मृत्यु भएको हो ।

इलाम मंगलबारेका ६५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको नोवेल अस्पताल विराटनगरका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो । उहाँका अुनसार मधुमेह र फोक्सो सम्बन्धी समस्या रहेका वृद्ध पुरुषलाई कात्तिक १७ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उहाँका अनुसार सुनसरी इनरुवाका अर्का ७२ वर्षीय वृद्ध पुरुषको पनि मृत्यु भएको छ । आईतबार राती नोवेलमा सिरहाका ६५ वर्षीय पुरुषको मृत्यु दाहालले बताउनुभयो ।

विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा सुनसरी इनरुवा–४ का ५७ वर्षीय पुरुषको गएराति मृत्यु भएको छ । अस्पतालका प्रशासन प्रमुख पदम विनाडीका अनुसार कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि कात्तिक २२ गते शनिबार अस्पताल भर्ना गरिएको थियो । झापाको दमक नगरपालिका–१ का ४२ वर्षीय पुरुषको विराट नर्सिङ होममा मृत्यु भएको प्रशासन प्रमुख विनाडीले बताए । उदयपुरको त्रियुगा नगरपालिका–११ की ६५ वर्षीया वृद्धा मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ । मोरङको रतुवामाई –८ का ४८ वर्षीय पुरुषको उपचारका क्रममा कोशीमा मृत्यु भएको छ ।

अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार आज बिहान उनको मृत्यु भएको हो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३