प्रकाशित : २० कार्तिक २०७७, बिहीबार १७:४१

विराटनगर, २० कात्तिक । पछिल्लो २४ घण्टामा मोरङ र सुनसरीमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ७ जनाको उपचारका क्रममा हस्पिटल र एक जनाको होमआईसोलेसनमा मृत्यु भएको हो ।

आज दिउँसो सुनसरी इटहरी–१८ का ५५ वर्षीय पुरुषको दिउँसो ३ः३० बजेतिर नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएकोभन्दै पुरुषलाई उपचारका लागि कात्तिक १७ गते अस्पताल भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताउनुभयो । इटहरी–४ का ७१ वर्षीय वृद्ध पुरुषको न्युरो अस्पतालमा दिउँसो ३ः१५ बजेतिर मृत्यु भएको न्युरो अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले बताए । विराटनगरको म्याक्स अस्पतालमा मोरङको जहदा गाउँपालिका–३ का ५५ वर्षीय संक्रमित पुरुषको आज बिहान ८ बजेतिर मृत्यु भएको छ ।

नोबेल शिक्षण अस्पतालमा सिरहाको विष्णुपुर–१ का ८४ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको आज बिहान ३ बजेतिर आइसोलेसनमै मृत्यु भएको हो । विराटनगर ८ का ७० वर्षीय पुरुषको आफ्नै घरमा मृत्यु भएको छ ।

महानगर प्रहरीका निरीक्षक राजन पौडेलका अनुसार मुटुको पुरानै समस्या रहेका उनलाई श्वासप्रश्वासमा एक्कासि समस्या देखिएको थियो । त्यसपछि पीसीआर परीक्षणका लागि बुधबार दिउँसो स्वाब संकलन गरिएको र नोबेल शिक्षण अस्पतालको प्रयोगशालाबाट साँझ ६ बजेतिर रिपोर्ट पोजेटिभ आएको पौडेलले बताए । रिपोर्ट पोजेटिभ आएको तीन घण्टा पनि वित्न नपाउँदै राति ९ बजे वृद्धको आफ्नै घरमा ज्यान गएको जानकारी उनले दिए ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुनसरी धरानमा सप्तरीका दुई र मोरङका एकजनाको आज बिहान मृत्यु भएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३