प्रकाशित : १५ कार्तिक २०७७, शनिबार १७:२२

विराटनगर, १५ कात्तिक । कोरोना संक्रमणका कारण मोरङग र सुनसरीमा थप ७ जनाको मृत्यु भएको छ । नोबेल मेडिकल कलेज विराटनगरमा ४, विराट मेडिकल कलेज बुढीगंगा, म्याक्स अस्पताल विराटनगर, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १–१ जनाको मृत्यु भएको हो ।

नोवेल मेडिकल कलेजमा उर्लाबारीकी ६६ वर्षीया महिला, सुनसरी ईटहरीका ४२ वर्षीय पुरूष, झापा विर्तामोडका ७५ वर्षीय पुरुष र सुन्दरहरैचा नगरपालिका १० की ६९ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिनुभयो । सुनसरी इटहरीका ४३ वर्षीय पुरुषको नोबेल मेडिकल कलेज अगाडी एम्बुलेन्समै मृत्यु भएको छ । कोरोना पोजेटिभ देखिएपछि उपचारका लागि आएका पुरुषको शुक्रबार अस्पतालमा भर्ना गर्नु अघि नै मृत्यु भएको दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य ३ जनको आज विहान मृत्यु भएको हो ।

विराट मेडिकल कलेजमा विराटनगर ३ का ६५ बर्षीय पुरूषको आज विहान मृत्यु भएको छ। उनी कार्तिक ६ गते भर्ना भएको आईसोलेसन इन्चार्ज सुनिल देवले बताउनुभयो । म्याक्स हस्पिटल विराटनगरमा उदयपुरककी महिलाको मृत्युु भएको छ । हिजो साँझ अस्पताल भर्ना भएकी ४२ बर्षीया महिलाको आज विहान मृत्युु भएको म्याक्स हस्पिटलका म्यानेजर हेमनारायण मेहताले जानकारी दिनुभयो । उ

ता बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत झापाको गौरीगञ्जका ७३ वर्षीय पुरुषको आज विहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिनुभयो । उनी कात्तिक ७ गते प्रतिष्ठानको कोभिड अस्पतालमा उनी भर्ना भएको डा. श्रेष्ठले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३