प्रकाशित : १४ कार्तिक २०७७, शुक्रबार १८:४९

विराटनगर, १४ कात्तिक । नोबेल अस्पताल विराटनगरमा झापाका दुई कोराना संक्रमितको मृत्यु भएको छ । आज दिउँसो झापा गौरादह नगरपालिका–१ सितापुरीका ८६ वर्षीय बृद्ध र शुक्रबार बिहान शिवसत्ताक्षी नगरपालिकाका ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।

गौरादहका बृद्धालाई बुधबार निमोनियाको समस्या देखिएपछि आफन्तले अस्पताल भर्ना गरेका थिए । मृतक बृद्धाकी नातिनी रन्जिता खनालका अनुसार निमोनियाले ग्रसित हजुरबुबामा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

आज उपचारकै क्रममा उहाँको मृत्यु भएको हो । यसैगरी शिवसत्ताक्षीका ५० वर्र्षीय पुरुषमा समेत निमोनिया देखिएपछि १२ कात्तिकमा नोबेलमा भर्ना गरिएको नोबेल हस्पिटलका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो । उनलाई सोही दिन कोरोना पाजेटिभ देखिएको थियो । आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा आज बिहान करिब ८ बजे मृत्यु भएको दाहालले जानकारी दिनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३