प्रकाशित : १३ कार्तिक २०७७, बिहीबार १८:४१

विराटनगर, १३ कात्तिक । कोरोना उपचारमा निजी अस्पतालहरूले मनोमानी रुपमा लिइरहेको चर्को शुल्क नियन्त्रण गर्न नेपाली कांग्रेस विराटनगर महानगर समितिले माग गरेको छ ।

आज विराटनगरमा पत्रकार सम्मेलन गरी विराटनगर महानगर समितिले कोरोनाको उपचारका नाममा निजी अस्पतालहरूले मनोमानी रुपमा लिइरहेको चर्को शुल्क नियन्त्रण गर्न माग गरेको हो ।

नेपाली कांग्रेस विराटनगर महानगर समितिका कार्यबहाक सभापति अरुण न्यौपानेले पहिलो चरणमा निजी अस्पतालले कोरोनाको उपचारका नाममा मनोमानी रुपमा लिइरहेको चर्को शुल्क घटाउन, उपचार गर्न जाँदा पहिलै धरौटी राख्नुपर्ने व्यवस्था हटाउन र कोरोना उपचार गर्ने अस्पतालको अनुगमन गर्न नगरसमितिले माग राखेको बताउनुभयो । उहाँले आफूहरूले राखेको माग पूरा नभए सरकार विरुद्ध चरणबद्ध आन्दोलनमा उत्रन बाध्य हुने स्पष्ट पार्नुभयो ।

नगरसचिव प्रकाश दाहालले कोरोना उपचारका लागि निजी अस्पतालहरूले ३ देखि ४ लाख धरौटी माग्ने गरेको, आइसीयुका लागि दैनिक ३५ हजार र भेन्टिलेटरका लागि दैनिक ५० हजार रुपैयाँ लिने गरेको जानकारी दिनुभयो । उहाँले निजी अस्पतालहरूले लिने गरेको चर्को शुल्कका कारण कोरोना संक्रमितले उपचार अभावमा ज्यान गुमाउनुपर्ने अवस्था आएको बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३