प्रकाशित : १३ कार्तिक २०७७, बिहीबार १७:२८

विराटनगर, १३ कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई हतियार र विस्फोटक पदार्थसहित मोरङ प्रहरीले पक्राउ गरेको छ ।

पूर्वी कमाण्ड अन्तर्गतका कार्यकर्ताहरु गएराति पक्राउ परेका हुन् । उनीहरुलाई मिक्लाजुङ गाउँपालिका १ बाट पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका–६ का १८ वर्षीय विज्ञान राई र सप्तरी सुरुङ्गा नगरपालिका–२ का ३२ वर्षीय प्रतिक भन्ने काशीनाथ घिमिरे छन् । उनीहरुको साथबाट प्रहरीले केही थान हतियार र विस्फोटक पदार्थ बरामद गरेको छ ।

प्रहरीले उनीहरुको साथबाट एक थान भरुवा बन्दुक, त्यसमा लाग्ने गोली, विस्फोटक पदार्थ जिलेटिन तीन किलो, सुतली बम दुई थान, सकेट बम १ थान, टुकी बम १ थान, इलेक्ट्रिक डेटोनेटरलगायत बरामद गरिएको एसपी खड्काले जानकारी दिनुभयो ।

प्रहरीले पक्राउ परेका दुवैजनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३