प्रकाशित : १३ कार्तिक २०७७, बिहीबार १७:२२

विराटनगर, १३ कात्तिक । प्रदेश १ मा आज १३४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५७, मोरंगमा ४२, झापामा ३१, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ४७, इटहरीमा ७, रामधुनी, गढी र स्थानीय तह नखुलेका १–१ जना, मोरंगको विराटनगरमा ३२, बुढीगंगामा २, कानेपोखरी, सुन्दरहरैचा र बेलबारीमा १–१ र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । झापाको भद्रपुर र विर्तामोडमा ८–८, मेचीनगर र कनकाईमा ३–३, शिवसताक्षीमा २, बुद्धशान्ति, अर्जुनधारा, कमल र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ३, ते¥हथुमका १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८ हजार ३८४ पुगेको छ ।

प्रदेश १ मा आज ७० जना डिस्चार्ज भएका छन् । कालि सदन आईसोलेसन र मारवाडी सेवा सदन आईसोलेसनबाट २५–२५, बैजनाथपुर आईसोलेसन र विराट मेडिकल कलेजबाट १०–१० जना डिस्चार्ज भएका हुन । हालसम्म १० हजार १७९ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा आज ४४२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६४ महिला र ७० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ५६ हजार ९८८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३