प्रकाशित : ६ कार्तिक २०७७, बिहीबार १८:३७

विराटनगर, ६ कात्तिक । विराटनगर महानगरपालिकामा कोरोना परीक्षणका लागि गरिने स्वाब परीक्षण स्थगन गरिएको छ । महानगरपालिकाले सूचना प्रकाशित गरी कात्तिक १२ गतेसम्म स्वाब परीक्षण नहुने नगरबासीमा जानकारी गराएको छ ।

विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका प्रमुख दिलीप यादवद्वारा जारी सूचनामा महानगरपालिकाले जैन भवन र मोबाइल भेनबाट स्वाब संकलन गर्ने गरेको थियो । कोशी अस्पताल महानवमीदेखि एकादशीसम्म हालसम्म संकलित स्वाब परीक्षण हुने तर नयाँ स्वाब भने कात्तिक १२ पछि मात्र परीक्षण हुने भएकाले तत्कालका लागि स्थगन गरिएको महानगरले जनाएको छ ।

विराटनगरमा पछिल्लो समय कोरोना संक्रमितको संख्या हरेक दिन बढ्दो क्रममा रहेको छ । विराटनगरमा हालसम्म १४ हजार ४०७ जनाको पीसीआर परीक्षण भएको छ । संक्रमितको संख्या चार हजार ३८५ जना पुगेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३