प्रकाशित : ६ कार्तिक २०७७, बिहीबार १८:३६

विराटनगर, ६ कात्तिक । विराटनगर महानगरपालिकामा निजी क्षेत्रबाट अत्याधुनिक प्याथोलोजी प्रयोगशालाको संचालन आरम्भ गरिएको छ ।

विराटनगरका उद्योगपति महेश जाजू, प्रकाश मुन्दडा र नवीन रिजालको लगानीमा संचालनमा ‘बी स्योर’ नामको प्रयोगशाला विराटनगरको बरगाछी चौकमा संचालनमा आएको हो ।

करिब ५ करोडको लगानीमा ल्याब स्थापना गरिएको प्रयोगशालाको प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले आज उद्घाटन गर्नु भएको हो ।

मन्त्री कार्कीले अहिलेको महामारीलाई सामाना गर्ने गरी निजी क्षेत्रबाट संचालनमा ल्याएको पीसीआर ल्याबले यहाँका नागरिकलाई राहत मिल्ने बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३