प्रकाशित : ५ कार्तिक २०७७, बुधबार १८:३५

विराटनगर, ५ कात्तिक । ज्येष्ठ नागरिक वडा कार्य समिति विराटनगर–११ ले वडा क्षेत्रभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकलाई सम्मान गर्ने अभियान सुरु गरेको छ । समितिले वडाभित्र बसोबास गर्ने ८४ वर्ष पुगेका ज्येष्ठ नागरिकको जन्मोत्सवको अवसर पारेर घरमै पुगेर सम्मान गर्ने अभियान सुरु गरेको हो ।

विराटनगर–११ का वरिष्ठ समाजसेवी यादनरसिंह कार्कीलाई सम्मान गरेर समितिले अभियान सुरु गरेको छ । कार्कीको घरमै पुगेर समितिले दोसल्ला ओढाएर सम्मानपत्र हस्तान्तरण गरेको थियो । कार्यक्रममा विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने र समितिका अध्यक्ष ललित श्रेष्ठले सम्मान गर्नुभएको थियो । सो अवसरमा वडाध्यक्ष न्यौपानेले ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र सीप भावीपुस्ताले अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो ।

ज्येष्ठ नागरिकको योगदानलार्ई राज्यले समेत भुल्न नहुने उहाँको भनाइ थियो । समितिले सुरु गरेको अभियान प्रशंसनीय भएको बताउँदै आगामी दिनमा समेत निरन्तरता दिन वडाध्यक्ष न्यौपानेले आग्रह गर्नुभयो । त्यस्तै आयोजक संस्थाका अध्यक्ष ललित श्रेष्ठले वडाभित्र बसोबास गर्ने सबै ज्येष्ठ नागरिकको ८४ औं जन्मोत्सवमा विशेष कार्यक्रम गरेर सम्मान गर्ने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिक वडा समितिको आफ्नै भवन निर्माण गरिने बताउनुभयो । त्यसका लागि सम्पूर्ण प्रक्रिया अगाडि बढिसकेको उहाँले जानकारी दिनुभयो ।

भवन निर्माणका लागि समाजसेवी चिरञ्जीवि दाहालले करिब ५० लाख रुपैयाँ बराबरको जग्गा उपलब्ध गराइसक्नुभएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३