प्रकाशित : ५ कार्तिक २०७७, बुधबार १८:२९

विराटनगर, ५ कात्तिक । नेपाल परिवार नियोजन संघ मोरङबाट ७ सय बढीले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

विराटनगरमा आज आयोजित सुरक्षित गर्भपतन सम्बन्धि अभिमुखिकरण कार्यक्रममा गत पुसदेखि भदौ सम्म ७ सय २८ जनाले सुरक्षित गर्भपतन सेवा लिएको परिवार नियोजन संघले जनाएको छ ।

गर्भपतन सेवालाई समाजले अझैसम्म स्वीकार गर्न नसकेको परिवार नियोजन संघ विराटनगर शाखाको प्रबन्धक शंकर दाहालले बताउनुभयो । परिवार नियोजन संघका केन्द्रीय सदस्य सुबोध निरौलाले गर्भपतन सेवाबोर बिद्यालयतहबाट अभिमुखिकरण आवस्यकरहेकोमा जोड दिनुभयो ।

परिवार नियोजन संघले ९ महिनाको अबधिमा ५० हजार ६ सय ८७ जनालाई सेवा दिएको जनाएको छ । परिवार नियोजनका अस्थायी साधनको प्रयोग, सुरक्षित गर्भपतन लगायतका सेवा दिएको जनाएको छ ।

संघले दक्ष चिकित्सक एवं स्वास्थ्यकर्मीहरुवाट १२ हप्तासम्मको सुरक्षित गर्भपतन न्यूनतम शुल्कमा गर्दै आएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३