प्रकाशित : ४ कार्तिक २०७७, मंगलवार १८:३०

विराटनगर, ४ कात्तिक । विराटनगर महानगरपालिकाको पहलमा म्याक्स इन्टरनेशनल हस्पिटल एवं ट्रमा सेन्टर विराटनगर–१५ महेन्द्र चौकमा आज देखि ५० शैय्याको कोभिड अस्पताल सञ्चालनमा आएको छ ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली तथा सेन्टरका प्रवन्धक निर्देशक हेमनारायण मेहता वीच आज एक सहमती कायम भई अस्पताल सञ्चालन शुरु गरिएको छ । सेन्टरले आफ्ना अन्य सेवा स्थगित गरी पाँच भेन्टिलेर र १२ शैयाको (सघन उपचार कक्ष (आईसियु) सहित अक्सिजन सहितको ५० शैय्या शुरु गरेको हो ।

सेन्टरले १२-१२ घण्टाको पालोमा चार चिकित्सक सहित ३८ जना स्वास्थ्यकर्मी कोभिडका सङक्रमित विरामीका उपचारका लागि सेवा प्रवाह गर्ने निर्देशक मेहताले बताउनुभयो । महानगरपालिकाको तीन थान एम्वुलेन्स र सेन्टरको अक्सिजन सहित एक थान एम्वेलेन्सले कोभिड सङकमित विरामीलाई आवश्यक सेवा प्रदान गर्ने भएको छ ।

सेन्टरको निरीक्षण पछि महानगरपालिकाका प्रमुख पराजुलीले नागरिकको स्वास्थ्य प्रमुख दायित्व भएकोले सङक्रमितको उपचारका लागि कुनै कमि हुन नदिन आवश्यक पर्ने सहयोग महानगरपालिकाले उपलव्ध गराउने बताउनु भयो । उहाँले निजी क्षेत्रको सहयोगमा महानगरले न्यूरो अस्पतालमा १५० शैय्या लगायत अन्य एक स्थानमा अस्क्सिजन सहितको १०० शैय्याको कोभिड आइसोलेसन सञ्चालनमा ल्याउन लागि रहेको जानकारी दिनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३