प्रकाशित : २ कार्तिक २०७७, आईतवार २१:४३

विराटनगर, २ कात्तिक । मोरङका ७ बहजार बढी घरका फुसको छाना हटाईने भएको छ । ६ वटा निर्वाचन क्षेत्रमा रहेका ७ हजार १७५ वटा घरका फुसको छाना हटाईने निर्णय गरिएको हो ।

क्षेत्र नंं १ का १ हजार ३६८, २ का १ हजार २२८, ३ का १ हजार ११९, ४ का १ हजार १२८, ५ का १ हजार ३ र मोरङ ६ का १ हजार ३२ घरका फुसको छानो हटाई टिनको छानो लगाउने तयारी गरिएको सुरक्षित नागरिक आवास समन्वय समिति मोरंगका सदस्य सचिव शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको संघीय आयोजना कार्यान्वयन इकाई मोरङका इन्जिनियर राजु शर्माले बताउनुभयो ।

आज विराटनगरमा बसेको सुरक्षित नागरिक आवास समन्वय समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले कार्यविधिले समेट्ने नागरिकको यकिन तथ्याङ्क निकाल्दै चाँडो कार्यसम्पादनमा जुट्न आग्रह गर्नुभयो ।

उहाँले पहिलो चरणमा पहाडी क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्न सुझाव दिँदै कार्यविधिले समेटेका जनताको तथ्याङ्क न्यायपूर्ण रुपले संकलन गर्न समेत आग्रह गर्नुभयो । बैठकमा कात्तिक मसान्तभित्र लाभग्राहीहरुको पहिचान गरि मंसिर १५ सम्म सर्वेक्षणको काम सम्पन्न गर्ने निर्णय गरेको समन्वय समितिका अध्यक्ष मोरङ १ का प्रतिनिधिसभा सदस्य घनश्याम खतिवडाले जानकारी दिनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३