प्रकाशित : २ कार्तिक २०७७, आईतवार २१:४०

विराटनगर, २ कात्तिक । चाडपर्वमा कोरोना संक्रमण फैलन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मोरंगले पुन : निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञा खुकुलो पारेको एक महिना पछि आईतबार पुनः निषेधाज्ञा लगाउने निर्णय गरिएको छ । कात्तिक ३ गतेदेखि १५ गते सम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए ।

प्रशासन कार्यालयले मठ, मन्दिर लगायतका स्थानामा भेला भई पुजा नगर्न अनुरोध गरेको छ । उसले सामुहिक रुपमा भेलाभई शुभकामना आदान प्रदानका कार्यक्रम, शिलान्यास, उद्घाटन, सभा सम्मेलनमा रोक लगाएको छ । जिल्लाभर राती ८ वजेदेखि विहान ५ वजे सम्म राजमार्गमा चल्ने लामो दुरीका सवारी बाहेक आवात जावतमा पनि रोक लगाइएको छ । प्रशासन कार्यालयले यसअघि लगाएको निषेधाज्ञा गत भदौ २८ गते देखि निषेधाज्ञा हटाएको थियो ।

मोरंगमा आईतबार सम्म कोरोना संक्रमितको संख्या ६ हजार ६२४ पुगेको छ । संक्रमित मध्ये २ हजार ७४२ डिस्चार्ज भएका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३