प्रकाशित : २ कार्तिक २०७७, आईतवार १८:४०

विराटनगर, २ कात्तिक । विराटनगरमा कोरोना भाइरस संक्रमण पुष्टि भएका एक वृद्ध पुरुषको आज होम आइसोलेसनमै ज्यान गएको छ । विराटनगर महानगरपालिका–४ जामुनगाछीका ८५ वर्षीय वृद्धको बिहान १० बजेतिर मृत्यु भएको महानगर प्रहरीका निरीक्षक राजन पौडेलले बताउनु भयो ।

उहाँका अनुसार स्वाबको पीसीआर परीक्षण गराउँदा असोज २८ गते रिपोर्ट पोजेटिभ आए पनि वृद्धलाई घरमै राखिएको थियो । कोरोना पुष्टि हुँदा वृद्धको अवस्था सामान्य रहेको र स्वास्थ्यमा एक्कासि समस्या आएर होम आइसोलेसनमै मृत्यु भएको पौडेलले जानकारी दिनु भयो ।

उहाँका अनुसार वृद्धलाई एक्कासि श्वारप्रश्वासमा समस्या देखिएको पाइएको छ । मृतकमा प्रोस्टेट र उच्च रक्तचापको पुरानै समस्या रहेको जानकारी उहाँले दिनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३