प्रकाशित : ३० आश्विन २०७७, शुक्रबार १३:३९

विराटनगर ३० असोज । विराटनगरमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरका २ र रतुवामाईका १ जनाको मृत्यु भएको हो ।
विराटनगर–३ बुद्धचोकका संक्रमित ६५ बर्षीय पुरुषको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो ।

अस्पताल प्रबन्ध नारायण दाहालले ६५ वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको जानकारी दिए । उनका अनुसार कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा बुधबार वृद्धको रिपोर्ट पोजेटिभ आएको थियो ।

श्वासप्रश्वासको समस्या बढेपछि बिहीबार साँझ ५ बजे नोबेलको कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएका वृद्धको उपचारका क्रममा मृत्यु भएको दाहालको भनाइ छ ।

विराटनगर महानगरपालिका–१० का कोरोना भाइरस संक्रमित एक पुरुषको उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु भएको छ ।
अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यका अनुसार ५१ वर्षीय पुरुषको बिहीबार राति ८ बजेतिर मृत्यु भएको हो । स्वाबको पीसीआर परीक्षण गराउँदा असोज २० गते रिपोर्ट पोजेटिभ आएका पुरुषको न्युरोकै कोभिड अस्पतालमा उपचार भइरहेको । उनलाई उपचारका लागि असोज २३ गते अस्पताल भर्ना गरिएको थियो ।

मोरङको रतुवामाई नगरपालिका–७ सिजुवाका कोरोना संक्रमित ४८ वर्षीय पुरुषको बिहीबार साँझ ७ः४० बजेतिर ज्यान गएको छ । श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि पुरुषलाई उपचारका लागि गत बुधबार विराट नर्सिङ होममा भर्ना गरिएको परिवारले जनाएको छ । उनको पीसीआर परीक्षण रिपोर्ट बिहीबार नै पोजेटिभ आएको थियो । विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालले डिस्चार्ज दिएपछि घर लैजाँदै गरिएका संक्रमितको मृत्यु भएको हो ।

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३