प्रकाशित : २८ आश्विन २०७७, बुधबार १८:४४

विराटनगर, २८ असोज । नेपाल बाल संगठन मोरङको सभापतिमा गोकर्ण घिमिरेलाई मनोनयन गरिएको छ । महिला तथा बालबालिका मन्त्रालय मातहत रहेको संगठनको केन्द्रीय कार्यसमितिको असोज १६ गतेको बैठकले मोरङका लागि विराटनगरका घिमिरेलाई मनोनित गरेको हो ।

घिमिरे अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनका केन्द्रीय सदस्य, तथा नेकपा विराटनगर महानगर कमिटी सचिवालय सदस्य तथा विद्यार्थी फाँट ईन्चार्ज हुनुहुन्छ ।

संगठनको चल अचल सम्पती ब्यबस्थित अभिलेख राख्ने र संरक्षण गर्ने, संरक्षण बिहिन बालबालिकाको सहारा बन्न जिम्मेवारी आएको छ । घिमिरेले दुई जना सदस्य मनोनयन गर्ने र तीन महिनाभित्र जिल्ला सभा गरि कार्यसमिति गठन गर्नुपर्ने छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३