प्रकाशित : २५ आश्विन २०७७, आईतवार १८:३०

विराटनगर, २५ असोज । मोरङको बेलबारी नगरपालिकाले डिजिटल प्रणालीबाट भौगोलिक सर्वेक्षण शुरु गरेको छ । हवाई यन्त्र (ड्रोन) मार्फत भौगोलिक नक्सांकन तथा सर्वेक्षण शुरु गरेको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनुभयो ।

सर्वेक्षणले नगरपालिकाको सहरी विकास योजना, विपद् जोखिम व्यवस्थापन, घर नम्बर तथा स्ट्रिट ठेगाना निर्धारण, गुरुयोजना निर्माण, सडक स्तरीकरण, भौतिक पूर्वाधारको स्तरोन्नति, सडकको अवस्था, अतिक्रमित सरकारी जग्गाको तथ्यांक संकलन गर्न बलियो आधार निर्माण हुने नगर प्रमुख सुवेदीले बताउनुभयो ।

नगरक्षेत्रको मुख्यबस्ती एवं सडकहरुको ड्रोनबाट सर्वेक्षण एवं नक्सांकनको कार्य शुरु भएको र यसबाट प्राप्त हुने सम्पूर्ण फोटो एवं भिडियो डाटाको गोपनियता नगरपालिकाको नियन्त्रणमा हुने नगरपालिकाको कार्यालयले जनाएको छ ।

डिजिटल सर्वेक्षणपछि नगरपालिका क्षेत्र भित्रको पर्यटकीय स्थल, सडक, लगायत विकास निर्माणका कामको डिपिआर, डिजाईन गर्न समेत कार्यालयमै बसेर गर्न सकिने गरी निर्माण गर्न लागिएको जनाइएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३