प्रकाशित : २३ आश्विन २०७७, शुक्रबार १८:३३

विराटनगर, २३ असोज । विराटनगर १२ को सामुदायिक भवनमा ३० वेडको कोभिड १९ आईसोलेसन केन्द्र तयार गरि लायन्स क्लव डिष्ट्रिक ३२५ ए वानले प्रदेश १ सरकारलाई आज हस्तान्तरण गरेको छ ।

१ सय दिन सम्मको व्यवस्थापन लायन्स क्लवले गर्नेगरि आईसोलेसन सेन्टर प्रदेश सरकारलाई हस्तान्तरण गरिएको लायन्स क्लव ३२५ ए वानका पुर्वगर्भनर लीलाकुमार ढुंगेल जानकारी दिनुभयो । आईसोलेसन केन्द्रको उद्घाटन गर्दै मुख्यमन्त्री शेरधन राईले आईसीयु सहितको प्रवन्ध प्रदेश सरकारले गर्ने बताउनुभयो । आईसोलेसनले मात्र नहुने भएकाले आईसीयु सहितको सुविधा थप गरिने मुख्यमन्त्री राईले बताउनुभयो । पछिल्ला दिनहरुमा संक्रमण बढ्दै गएकाले कोभिड अस्पताल र आईसोलेसन केन्द्रहरुले मात्र थेग्ने अवस्था नभएको मुख्यमन्त्री राईको भनाई छ । आईसोलेसन केन्द्रहरु थप गर्दै लैजाने उहाँले बताउनुभयो ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले लायन्सले तयार गरेको आईसोलेसन केन्द्रमा चिकित्सकीय सेवा सहित सञ्चालन गरिने बताउनुभयो । केन्द्रको सफाई र स्वास्थ्यव्यवस्थापन प्रदेश सरकारले गर्ने उहाँले बताउनुभयो ।

चाडपर्व शुरुभएसँगै संक्रमण गाउँ–गाउँमा पुग्न सक्ने देखिएको मन्त्री घिमिरेको भनाई छ । सिमावर्ती जिल्लाहरुमा अहिले बढी संक्रमण देखिएपनि दशैं र काठमाण्डौंसँगको संवन्धका कारण प्रदेश १ का सवैजिल्ला र गाउँ गाउँमा कोरोना फैलन सक्ने भएकाले चाडपर्व घरमै बसेर मनाउन उहाँले आग्रह गर्नुभयोे । कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्की, लायन्स क्लव ३२५ ए वानका गर्भनर टंकबहादुर श्रेष्ठ लगायतले बोलेका थिए ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३