प्रकाशित : २२ आश्विन २०७७, बिहीबार १८:०३

विराटनगर, २२ असोज । आरोहण गुरुकुल विराटनगरमा नाटक निर्देशन कार्यशाला सुरु भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सुशीला कोइराला नाटकघरमा ७ दिने नाटक निर्देशन कार्यशाला मंगलबारदेखि सुरु भएको हो ।

प्रदेश १ मा रंगमञ्चमा आवद्ध व्यक्तिहरुमा नाटक निर्देशकीय क्षमता विकास गर्ने उद्धेश्यले कार्यशाला सुरु गरिएको आयोजकले जनाएको छ । कार्यशालाको सहजिकरण वरिष्ठ रंगकर्मी सुनील पोखरेलले गर्नुभएको छ ।

कार्यशालामा मोरङ, सुनसरी, झापा र इलामका २० जना रंगकर्मीहरुले सहभागिता जनाएका छन् । कार्यशालामा सहभागीहरुले नाटक निर्देशनका आधारभूत तत्वहरुका विषयमा जान्ने मौका पाएको भन्दै आफ्नो समूहमा फर्किएर नाटक निर्देशन गर्ने योजना सुनाएका छन् ।

स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पुरा गर्दै सुरु भएको आवासीय कार्यशाला असोज २६ गते सम्पन्न हुने बताईएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३