प्रकाशित : २१ आश्विन २०७७, बुधबार ०७:२९

विराटनगर, २१ असोज । कोरोना भाइरसको बहानामा सरकारी तथा निजी अस्पतालहरूले बिरामीको उपचार नगरेको विषयप्रति मोरङमा क्रियाशील मानव अधिकारकर्मीेहरूले राज्यलाई गम्भीर हुन आग्रह गरेका छन् । सोमबार जनआन्दोलन चौकमा धर्ना दिएका अधिकारकर्मीले मंगलबार मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालाई ४ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।

गत चैत ११ गतेयता कोरोना भाइरसको बहानामा विराटनगरका निजी तथा सरकारी अस्पतालले उपचार नगर्दा सर्वसाधारण उपचारबाट वञ्चित भएको भन्दै सर्वसाधारणको उपचारको ग्यारेण्टी गर्न सरकारसँग माग गरेका छन् ।
लकडाउनदेखि यता विराटनगरका अस्पतालहरूले कोरोना भाइरसको कारण देखाउँदै बिरामी भर्ना नगर्दा उपचार अभावमा प्रदेश १ मा ७ जना भन्दा बढी व्यक्तिले ज्यान गुमाई सकेका छन् ।

बिरामी समयमा अस्पताल पुर्याउँदा पनि अस्पताल प्रशासनले पीसीआर रिपोर्ट माग्दै बिरामी भर्ना नगर्दा गर्भवती लगायत अरुखाले बिरामीले उपचार अभावका कारण ज्यान गुमाउनु परेको अधिकारकर्मी मञ्जीता उपाध्यायले बताउनु भयो ।

नेपालको संविधानले स्वास्थ्य अधिकारलाई मौलिक हकको रुपमा व्यवस्था गरेको र प्राथमिक उपचारबाट कोही नागरिकलाई वञ्चित नगराईने कानुनमा व्यवस्था भएपनि महामारीका समयमा अस्पतालले बिरामीलाई भर्ना नलिदा उपचार अभावमा सर्वसाधारणले ज्यान गुमाउने अवस्था रहेको मानव अधिकारकर्मी कोषराज न्यौपानेले बताउनु भयो ।

 

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३