प्रकाशित : १८ आश्विन २०७७, आईतवार १९:४४

विराटनगर, १८ असोज । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विराटनगर १९ मा निर्माण भईरहेको बैजनाथपुर अन्र्तराष्ट्रिय क्रिकेट रंगशालाको अनुगमन गर्नु भएको छ ।

उहाँले रंगशालाको हालको अवस्थाबारे क्रिकेटका पदाधिकारीसँग जानकारी पनि लिनु भएको छ ।

रंगशालामा अहिले मल्टी पेभेलियन, अन्डर ग्राउण्ड पानी सप्लाई, ग्राउण्ड लेभलिङको तयारी भईरहेको छ । प्रदेश सरकारले रंगशालाका लागि चालु आर्थिक बर्षमा २ करोड बजेट विनियोजन गरेको छ । सो बजेट अनुसारका काम शुरु गर्ने तयारी भईरहेको प्रदेश क्रिकेट संघका उपाध्यक्ष तथा मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष नविन घिमिरेले जानकारी दिनुभयो । उहाँले भोलिदेखि इन्जिनियरिङ स्टिमेटको काम शुरु हुने बताउनुभयो ।

रंगशालाको अनुगमन गर्दै सामाकिज विकास मन्त्री घिमिरेले खेलमैदानमा काम शुरु भएको मितिले ३ महिना भित्रमा निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

रंगशालाको अनुगमनमा क्षेत्रीय खेलकुद विकास समिति, मोरङ खेलकुद विकास समिति, प्रदेश क्रिकेट संघ, मोरङ क्रिकेट संघका पदाधिकारीहरुपनि उपस्थिति रहेको थियो ।

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३