प्रकाशित : १८ आश्विन २०७७, आईतवार १६:३६

विराटनगर, १८ असोज । मोटरसाइकलको ठक्करबाट मोरङको  बूढीगंगा गाँउपालिका १ टंकीसिनवारीमा एक सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएको छ ।

शनिबार राति कोशी राजमार्गको टंकीसिनवारी खण्डमा लु ६१ प २५०२ नम्बरको मोटरसाइकलले ठक्करबाट ४२ वर्षीय कमलप्रसाद तावाहाङको मृत्यु भएको हो  । उनी  शसस्त्र प्रहरीका सहायक निरीक्षक हुन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोदारका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।

शनिबार राति साढे नौं बजे  भएको दुर्घटना पछि घाइते भएका तावाहाङको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनको आइतबार बिहान १ बजेतिर मृत्यु भएको हो । मोटरसाइकल चालक फरार छन् । चालकको खोजी तिब्र भएको प्रहरीले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३