प्रकाशित : १७ आश्विन २०७७, शनिबार १५:३३

विराटनगर, १७ असोज । झापाको दमककी कोरोना संक्रमित ६८ वर्षीया वृद्धाको शनिबार बिहान मृत्यु भएको छ ।

दमक–७ घर भएकी बृद्धाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा ज्यान गएको केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताए । उनका अनुसार उपचारका क्रममा ज्यान गुमाएकी वृद्धालाई बिहान २ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् ।

कोरोना पुष्टि भएसँगै स्वास्थ्य अवस्था खराब बनेकी उनलाई असोज ११ गते आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको जानकारी बस्नेतले दिए । गम्भीर अवस्थामा आइसोलेसनमा भर्ना गरेर तत्काल उपचार थालिए पनि वृद्धाको उपचार सफल हुन नसकेको केन्द्रका प्रमुख एवं बरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले बताए ।

उनका अनुसार वृद्धलाई पछिल्लो समय श्वासप्रश्वासको समस्या बढेको थियो भने शरीरमा अक्सिजनको मात्रा कम थियो । मृतकमा दम र खोकीको पुरानो समस्या रहेको सिग्देलले बताए ।

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३