प्रकाशित : ११ आश्विन २०७७, आईतवार १५:५३

विराटनगर, ११ असोज । प्रदेश १ मा आज १ सय ८१ कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो ।

मोरंगमा १६७, सुनसरीमा ७, झापामा ३, भोजपुरमा २, तेर्हथुम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १ सय ३० जनामा संक्रमण देखिएका छ । संक्रमण देखिएकामा ५१ महिला र ७९ जना पुरुष रहेका छन् ।

मोरंगको कटहरीमा ८ महिला ९ पुरुष, बुढीगंगामा ३ महिला ११ पुरुष, जहदा र धनपालथानमा २–२ पुरुष, सुन्दरहरैचा र स्थानीय तह नखुलेका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको दुहवीमा १ महिला ४ पुरुष, धरान र इटहरीमा १–१ पुरुष, झापाको विर्तामोडमा १ महिला, अर्जुनधारा र दमकमा १–१ पुरुष, भोजपुरको स्थानीय तह नखुलेका १ महिला १ पुरुष, तेर्हथुमको लालीगुराँसमा १ पुरुष र प्रदेश १ बाहिरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ४३६ पुगेको छ ।

प्रदेश १ मा आज ३६ जना डिस्चार्ज भएका छन् । इलाम अस्पताल आईसोलेसन केन्द्रबाट १९, झुर्कीया प्राथमिक स्वास्थ्य केन्द्र, रतुवामाईबाट १२, न्युरो अस्पताल विराटनगरबाट ३, मारवाडी सेवा सदन आईसोलेसनबाट २ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ८२५ पुगेको छ ।

प्रदेश १ मा आज ९ सय ६७ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण भएका मध्ये ६५ महिला र ११६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हाल सम्म १ लाख २० हजार ९९० जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३