प्रकाशित : १० आश्विन २०७७, शनिबार १६:३३

विराटनगर, १० असोज । मोरङ, झापा र सुनसरीमा भएका विभिन्न घटना र दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा सिमेन्टको बोराले थिचेर ३५ वर्षीय कुमार उरामनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार न्यू पञ्चकन्या सेन्टरी हार्डवेयरमा ल्याएको सिमेन्ट बोकेर स्टोरतर्फ लाने क्रममा अचानक लड्दा बोराले उनलाई थिचेको थियो । सिमेन्टको बोराले थिचेर घाइते भएका कुमारको उपचारका क्रममा हिजो साँझ मृत्यु भएको हो । उता झापाको बिर्तामोड नगरपालिका–५ मनमोहन अस्पताल अगाडि हायस माइक्रो गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

पूर्वतर्फ जाँदै गरेको बा ४ ख ५१०० नम्बरको गाडीले बाटो काट्दै गर्दा पैदल यात्रीलाई गय राति ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका पाँचथर घर भई मेचीनगर नगरपालिका–११ धाइजन बस्दै आएका ६८ वर्षीय विर्खध्वज काम्वाङ (लिम्बू)को उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

हायस चालक झापाको भद्रपुर –१ का ३८ वर्षीय बाबुराम कट्टेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै घाँस काट्ने क्रममा लडेर सुनसरीको इनरुवा नगरपालिका–९ की ३५ वर्षीय दुखनीदेवी खत्वेको मृत्यु भएको छ । खेतमा घाँस काट्ने क्रममा लडेर हिजो बेहोस भएकी उनको उपचारका लागि लैजाने क्रममा बाटैमा साँझ मृत्यु भएको जानकारी प्रहरीले दिएको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी कवीन्द्रकुमार कार्कीले तीनवटै घटनाका बारेमा अनुसन्धान थालिएको जानकारी दिनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३