प्रकाशित : ९ आश्विन २०७७, शुक्रबार १६:५९

विराटनगर, ९ असोज । तीन दिनदेखिको लगातारको बर्षाले विराटनगरका अधिकांश स्थान डुवानमा परेको छ ।
हिँडडुलमा समस्या पर्नेगरि सडकभरि पानी छ । विराटनगरका होचा स्थानका घरहरुमा पानी पसेको छ ।

हावापानी फिल्ड कार्यालय, विराटनगरका अनुसार तीन दिनको बर्षा यो बर्षकै उच्च हो । कार्यालय प्रमुख विकास देउजाका अनुसार विराटनगरमा असोज ७ गते १ सय ४१, ८ गते ८८ दशमलव ३ र असोज ९ गते १ सय ८ दशमलव ५ मिलिमिटर बर्षा भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरंगका प्रवक्ता डिएसपी मानबहादुर राईले विकासका अधिकांश स्थान डुवानमा परेपनि स्थानान्तरण गर्नुपर्ने गरि समस्या नभएको बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३