प्रकाशित : ७ आश्विन २०७७, बुधबार १८:५६

विराटनगर, ७ असोज । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वास्थ्यकर्मीलाई व्यक्तिगत चाहनालाई थाति राखेर जनताको सेवा गर्न आग्रह गर्नु भएको छ ।

उहाँले अहिलेको परिस्थितिमा व्यक्तिगत इच्छा, चाहना भन्दा पनि जनताको सेवामा ध्यान दिन आग्रह गर्नुभयो ।

झापाको अर्जुनधारा नगरपालिकामा शनिश्चरे अस्पतालको उद्घाटन गर्दै मन्त्री घिमिरेले सो आग्रह गर्नुभएको हो । स्वास्थ्यकर्मीका समस्या सरकारले संवोधन गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ स्वास्थ्यकर्मीका समस्या समाधानका लागि सरकार तयार छ ।’

मन्त्रि घिमिरेले सरकारको निर्देशन अनुसार काम गर्न उहाँले स्वास्थ्यर्मीलाई आग्रह गर्नुभयो । आजदेखि सञ्चालनमा आएको १५ वेडको शनिश्चरे अस्पतालका लागि मानव संसाधन, भौतिक व्यवस्था, उपकरणको लागि प्रदेश सरकारले आवस्यक सहायता गर्ने मन्त्री घिमिरेले बताउनुभयो ।

अस्पताल उद्घाटन कार्यक्रममा सामाजिक राज्यमन्त्री जसमाया गजमेर, अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानामगर लगायतले बोल्नु भएको थियो ।

यसैवीच अर्जुनधारामा सामाजिक विकास मन्त्री घिमिरे र स्वास्थ्यकर्मीवीच अन्र्तक्रिया पनि गरिएको छ । मन्त्री घिमिरेले स्वास्थ्यकर्मीका समस्याबारे जानकारी लिनुका साथै उनीहरुलाई आवस्यक निर्देशन पनि दिनुभएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३