प्रकाशित : ७ आश्विन २०७७, बुधबार १०:०२

विराटनगर, ७ असोज । मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेनमा झापाको भद्रपुर–१० घर भएका कोरोना संक्रमित वृद्ध पुरुषको मृत्यु भएको छ ।

८६ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा बुधबार बिहान ५ः५० बजे वृद्धको मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले जानकारी दिए ।

कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका वृद्धलाई भदौ ३ गते उपचारका लागि आईसीयूूमा भर्ना गरिएको थियो । त्यही दिन स्वाब संकलन गरेर परीक्षणका लागि पठाउँदा ५ गते सोमबार रिपोर्ट पोजेटिभ आएको अस्पतालको आइसोलेसनका प्रमुख डा. पुरु कोइरालाले बताए ।

उनका अनुसार रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थाल्दै धेरै प्रयास गरिए पनि वृद्धलाई बचाउन सकिएन । वृद्धलाई उपचारका लागि भर्ना गर्दा ज्वरो, जटिल खालको नियमोनिया, श्वासप्रश्वास तथा मृगौला सम्बन्धी समस्या रहेको जानकारी डा. कोइरालाले बताए ।
उनका अनुसार जटिल खालको निमोनियाले ग्रस्त पारेका कारण आईसीयूमा राखेर उपचार गर्दा पनि वृद्धलाई बचाउन नसकिएको हो । मृतकमा मधुमेहको पुरानै समस्या रहेको जानकारी डा. कोइरालाले दिए । अस्पतालले मृतकको शव नियमअनुसार व्यवस्थापन गरिने जनाएको छ ।

 

 

 

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३