प्रकाशित : ६ आश्विन २०७७, मंगलवार १८:२८


विराटनगर, ६ असोज । मोरङ केरावारी गाँउपालिका वडा नम्बर ९ मा रहेको बुद्ध माध्यमिक बिद्यालयले आइतबार देखी पठन पाठन सुरु गरेको छ ।
दिनमा ३ देखी ४ वटा कक्षाका बिद्यार्थीलाई बोलाएर मास्क, फेस सिल्डको प्रयोग गरेर पठन पाठन सुरु गरीएको प्रध्यानाध्यापक छवि धमलाले बताउनुभयो ।
बिद्यालयमा पठन पाठन बन्द हुदाँ छात्राहरु (महिला बिद्यार्थी) फेसबुक, टिकटक तथा छात्र (पुरुष बिद्यार्थी)हरु फुटबल खेलने खोलामा माछा मार्ने जस्ता काममा लागेको बिद्यालय ब्यबस्थापन समतिका अध्यक्ष भुपालमान कार्कीले बताउनुभयो । भोलिका कर्णधारको अबस्था झन बिग्रदै गएको देखेपछि बिद्यालय ब्यबस्थापन समितिले निर्णय गरेर बिद्यालय लगाएको उहाँले बताउनुभयो ।
बिदार्थीहरुका लागि बिद्यालयले आफै फेस सिल्ड समेत निर्माण गरेको छ ।घर देखीनै बुद्ध माध्यमिक बिद्यालय लेखीएको फेस सिल्ड लगाएर बिद्यार्थीहरु आउने गर्छन ।
केराबारी बाहिरबाट आउने शिक्षक शिक्षिकाहरुलाई पिसआर गरेर आउन र बिद्यलाय नजिकै कोठा भाडा लिएर बस्नु पर्ने समेत बिद्यलाय ब्यबस्थापन समितिले निर्णय गरेको छ ।
सुरुमा अनलाईन कक्षा समेत सुरु गरेको सो बिद्यालयले सवै बिद्यार्थीमा पहुच नपुगेपछि टोल टोलमा बिद्यार्थी भेला गराएर समेत पढाएको थियो ।