प्रकाशित : ५ आश्विन २०७७, सोमबार १३:१४


विराटनगर, ५ असोज । ताप्लेजुङकी कोरोना संक्रमित महिलाको सोमबार विहान मृत्यु भएको छ ।
मोरंग बुढीगंगाको विराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचाररत ३७ बर्षीया महिलाको विहान १० : ४५ बजे मृत्यु भएको हो । उच्चरक्तचाप, कलेजो संवन्धिको दिर्घ रोग भएकी महिलालाई भदौ २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनी भदौ ३० गते विराट मेडिकल कलेजको आसियुमा भर्ना भएको प्रशासन प्रमुख सुधिरसिंह राठौंरले बताउनुभयो । मृतकको शवव्यवस्थापनको तयारी भईरहेको उहाँले बताउनुभयो ।
प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५४ पुगको छ ।
सम्बन्धित शीर्षकहरु