प्रकाशित : ५ आश्विन २०७७, सोमबार ०८:२८

विराटनगर, ५ असोज । मोरंगका ग्रामथानमा पोखरीमा डुवेर एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

ग्रामथान ४ की ३५ बर्षीया सीता अधिकारी र उनका ९ र १३ बर्षीया २ छोरीको पोखरीमा डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय वेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो ।

आईतबार साँझ पोखरीमा माछालाई चारो हाल्न गएका उनीहरु घर नफर्कीएपछि खोजी गर्दा पोखरी भित्र शव फेला परेको मोरंग प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले बताउनुभयो ।

मृतकको शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर ल्याईएको उहाँले बताउनुभयो । घटनाबारे अनुसंधान भईरहेको एसपी खड्काले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३